भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो ।

बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको थियो ।प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।

संसदको बैठक २९ साउनलाई तोकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.