भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

दुई दिन अघिको जस्तो भारी वर्षा नहुने, कोशी, मधेस र बागमती प्रदेशमा मौसम पूर्णतया बदली

दुई दिन अघिको जस्तो भारी वर्षा नहुने, कोशी, मधेस र बागमती प्रदेशमा मौसम पूर्णतया बदली

काठमाडौं । कोशी, मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले मौसम बदली भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई दिन अघिको जस्तो मौसमी अवस्थामा केही सुधार आएको र मनसुन सिजन जारी रहेकाले केही स्थानमा भारी वर्षा हुने सजक रहन महाशाखाले आग्रह गरेको छ । यसअघि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साउन २२ र २३ गते ३४ जिल्लामा अति जोखिम हुने भन्दै रेड अलर्ट जारी गरेको भएपनि त्यो अवस्था नरहेको मौसमविद्राले बताएका छन् ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभर साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर सर्दा नेपालको आकाशमाथि हुन्छ र नेपालमा बढी वर्षा हुने गर्दछ ।

अहिले भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (नेपालबाट दक्षिणतर्फ) सरेकाले अघिल्ला दिनको जस्तो अति जोखिम नरहेको मौसमविद्को भनाइ छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.