भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउन केसीसी र एनटीआईसीबीच सम्झौता

क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउन केसीसी र एनटीआईसीबीच सम्झौता

भक्तपुर । काठमाडौं क्यान्सर सेन्टर भक्तपुर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ । केसीसी ताथली, नाला रोड र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी), धुलिखेल, काभ्रेलेबीच नेपालमा क्यान्सर अनुसन्धान र उपचारलाई अघि बढाउन उक्त सम्झौता भएको हो ।

साझेदारीले क्यान्सर चाँडो पत्ता लगाउने, रोग निदान गर्ने, उपचार गर्ने र रोकथाम गर्ने काममा जोड दिनेछ। यसले खास गरी नेपालमा धेरै देखिने क्यान्सरहरूमा ध्यान दिनेछ। दुवै संस्थाहरूले नयाँ प्रविधि र प्रयोगशालाहरू प्रयोग गरेर कृत्रिम बुद्धिमत्ता (एआई) को मद्दतले रोग पत्ता लगाउने र टाढैबाट उपचार गर्न मिल्ने प्रणालीहरू बनाउने योजना रहेका छन् ।

सम्झौताले दुवै संस्थाहरू मिलेर काम गर्ने जनाइएको छ । क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउनु सम्झौताको मुख्य लक्ष्य भएको र यसले गर्दा टाढाका र सुविधा कम भएका ठाउँहरूमा पनि राम्रो र सजिलो उपचार पाइने आशा गरिएको छ।

सम्झौताले नेपालमा क्यान्सर अनुसन्धान र उपचार सुधार गर्न काठमाडौं विश्वविद्यालय र काठमाडौं क्यान्सर सेन्टरको ठूलो भूमिका रहने छ । काठमाडौं विश्वविद्यालय (नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर) र केसीसीका मानिसहरूले एक अर्काबाट सिक्नका लागि आदानप्रदान कार्यक्रमहरू पनि गरिने सम्झौतामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.