भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउन केसीसी र एनटीआईसीबीच सम्झौता

क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउन केसीसी र एनटीआईसीबीच सम्झौता

भक्तपुर । काठमाडौं क्यान्सर सेन्टर भक्तपुर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ । केसीसी ताथली, नाला रोड र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी), धुलिखेल, काभ्रेलेबीच नेपालमा क्यान्सर अनुसन्धान र उपचारलाई अघि बढाउन उक्त सम्झौता भएको हो ।

साझेदारीले क्यान्सर चाँडो पत्ता लगाउने, रोग निदान गर्ने, उपचार गर्ने र रोकथाम गर्ने काममा जोड दिनेछ। यसले खास गरी नेपालमा धेरै देखिने क्यान्सरहरूमा ध्यान दिनेछ। दुवै संस्थाहरूले नयाँ प्रविधि र प्रयोगशालाहरू प्रयोग गरेर कृत्रिम बुद्धिमत्ता (एआई) को मद्दतले रोग पत्ता लगाउने र टाढैबाट उपचार गर्न मिल्ने प्रणालीहरू बनाउने योजना रहेका छन् ।

सम्झौताले दुवै संस्थाहरू मिलेर काम गर्ने जनाइएको छ । क्यान्सरको अध्ययन र उपचारमा सुधार ल्याउनु सम्झौताको मुख्य लक्ष्य भएको र यसले गर्दा टाढाका र सुविधा कम भएका ठाउँहरूमा पनि राम्रो र सजिलो उपचार पाइने आशा गरिएको छ।

सम्झौताले नेपालमा क्यान्सर अनुसन्धान र उपचार सुधार गर्न काठमाडौं विश्वविद्यालय र काठमाडौं क्यान्सर सेन्टरको ठूलो भूमिका रहने छ । काठमाडौं विश्वविद्यालय (नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर) र केसीसीका मानिसहरूले एक अर्काबाट सिक्नका लागि आदानप्रदान कार्यक्रमहरू पनि गरिने सम्झौतामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.