भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बागमती नदी किनारका संरचना हटाउने अभियान जारी : १८ सय १६ परिवार सम्पर्कमा, ७सय ९४ जनाको स्थानान्तरण

बागमती नदी किनारका संरचना हटाउने अभियान जारी : १८ सय १६ परिवार सम्पर्कमा, ७सय  ९४ जनाको स्थानान्तरण

काठमाडौँ, २० वैशाख । सरकारले बागमती नदी तथा यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियानलाई तीव्र बनाएको छ । अभियानअन्तर्गत हालसम्म १ हजार ८ सय १६ परिवार सम्पर्कमा आएका छन् ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार ती परिवारका कुल ७ हजार ७ सय ८९ जना सरकारको सम्पर्कमा पुगेका छन् । तीमध्ये ७ सय ९४ जनालाई व्यवस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ भने अन्य व्यक्तिहरू स्क्रिनिङ प्रक्रियापछि तत्कालका लागि आफ्नै व्यवस्थामा बसोबास गर्न बाहिरिएका छन् ।

दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा पुगेका कतिपयले वैकल्पिक आवास आफैं मिलाउने प्रतिबद्धता जनाउँदै फर्किएको जनाइएको छ । सरकारले जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने लक्ष्यसहित स्क्रिनिङ र स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।

जोखिमपूर्ण बस्ती व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटल, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा बोडेस्थित कृषि तालिम केन्द्रमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । सरकारले अव्यवस्थित बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यले अभियान जारी राखेको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.