भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कुनै पनि नागरिक घरबारविहीन बन्न दिँदैनौं : रवि लामिछाने

कुनै पनि नागरिक घरबारविहीन बन्न दिँदैनौं : रवि लामिछाने

काठमाडौँ, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् ।

लामिछानेका अनुसार अव्यवस्थित बसोबास र भूमिहीन सुकुमवासीको विषय समाधानका लागि शक्तिशाली प्राधिकरण वा आयोगमार्फत निर्णय गरिनेछ र सो निर्णय कार्यान्वयनमा ल्याइनेछ । उनले विशेषगरी नदी किनार, पहिरो जोखिम तथा बाढीको खतरा भएका क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई प्राथमिकताका साथ स्थानान्तरण गरिने बताए ।

उनले असुरक्षित बसोबासको समस्या तत्काल सम्बोधन गर्ने सरकारी निर्णय भइसकेको उल्लेख गर्दै काठमाडौंसहित देशभर यसबारे सूचना जारी गरिएको जानकारी दिए । साथै, जनतालाई आतंकित पार्ने काम केन्द्र सरकारले नगरेको दाबी गर्दै व्यवस्थित पुनःस्थापनामा जोड दिइने बताए । 

सरकारको नीति नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र घरबारविहीन नबनाउने रहेको उनले दोहोर्‍याए । भूमिहीन सुकुमवासीको समस्या समाधानका लागि एकीकृत ढंगले काम अघि बढाइने पनि उनले संकेत गरे ।

 

 


Thali Mobile Pvt.Ltd.