भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बागमती प्रदेशमा आकस्मिक बैठक

बागमती प्रदेशमा आकस्मिक बैठक

मकवानपुर । बागमती प्रदेशमो आकस्मिक बैठक बसेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन्त्रीहरुसहित बैठक काठमाडौंमा बसेको हो । बैठकले विपद्बाट प्रभावितहरुका लागि तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । अविरल वर्षाका कारण भएका क्षतिको सम्बन्धमा खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकायले आ–आफ्ना विषय क्षेत्रसँग सम्बन्धित क्षतिको विवरण तत्काल उपलब्ध गराउने, क्षति विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गराउने, विपद्वबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले विपद्बाट घाइते व्यक्तिहरूको सीघ्र उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरूद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.