भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

प्रमुख नेता हसन मारिएपछि स्थिति तनावग्रस्त

प्रमुख नेता हसन मारिएपछि स्थिति तनावग्रस्त

काठमाडौं । आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको हिजबुल्लाहले पुष्टि गरेको छ । एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणमा प्रमुख नेता नसरल्लाह मारिएको पुष्टि गरेको हो । नसरल्लाह सन् १९९२ देखि इरान समर्थित संगठन हिजबुल्लाहका सदस्य थिए ।

उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए । इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको छ । इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ ।

इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ। तर त्यहाँको अवस्था तनावग्रस्त भएको संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.