भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

शैलुङको सौन्दर्य : प्रकृति, धर्म र शान्तिको संगम

शैलुङको सौन्दर्य : प्रकृति, धर्म र शान्तिको संगम

काठमाडौं, २५ जेठ । “जाने हैन त सुन्दर शैलुङ?” हालैका दिनमा यो प्रश्न धेरैको मनमा गुञ्जिन थालेको छ। दोलखाको चरिकोटबाट करिब ३० किलोमिटर उत्तरतर्फ रहेको शैलुङ अहिले देशकै एक आकर्षक, रमणीय र उदीयमान पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

काठमाडौंबाट शैलुङ पुग्न करिब १४० किलोमिटर यात्रा तय गर्नुपर्छ, जसका लागि सडकमार्ग हुँदै चारदेखि पाँच घण्टाको यात्रा गर्नुपर्छ । ‘शैलुङ’ शब्द ‘शैल’ अर्थात् पहाड र ‘लुङ’ अर्थात् वतावरण अथवा खुला क्षेत्र भन्ने तामाङ भाषाको शब्दबाट बनेको मानिन्छ।

यस क्षेत्रको विशेषता भनेकै यहाँ रहेका १०० वटा डाँडाहरू हो, जसले ‘सय डाँडा’को पहिचान दिँदै शैलुङलाई अनौठो बनाएको छ। प्रत्येक डाँडाले आफ्नो कोणबाट पृथक दृश्य प्रस्तुत गर्छन्, जसले पर्यटकलाई फेरि फेरि आउन मन लाग्छ ।

स्थानीय तामाङ समुदायको पहिचान, सौम्य हिउँले भरिएका थुम्का, हरिया डाँडाको उतारचढाव, र मनलाई शान्त दृश्यहरुले शैलुङलाई प्राकृतिक योगशालाजस्तै बनाएका छन्।  ३४०० मिटर उचाइमा अवस्थित शैलुङ प्रायः हिउँले ढाकिएको हुन्छ। यहाँबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्ण, मनास्लु लगायतका प्रमुख हिमश्रृङ्खलाहरूको मनमोहक दृश्य देख्न सकिन्छ।

मौसम खुलेको दिनमा महाभारत पर्वतमाला र आसपासका लगभग सबै उच्च पहाडी भूभाग आँखैअगाडि देखिन्छन्। बिहानको घाममा छिट्टिएको हिउँ, कुहिरो, हरियाली र सुनौलो किरणको संगमले यो ठाउँ स्वर्गको अनुभूति दिन्छ। शैलुङ केवल प्राकृतिक सौन्दर्यको खानी मात्र होइन, यो हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रसमेत हो।

यहाँ जनैपूर्णिमा, बाला चतुर्दशी, र पूर्णिमाका विशेष अवसरहरूमा ठूलो मेला लाग्ने गर्छ। शैलुङका १०८ वटा साना ठूला चोर्टेनहरू (बौद्ध स्तूपहरू) तथा विभिन्न धर्मगुरुहरूको ध्यानस्थल रहेको क्षेत्रले आध्यात्मिक यात्रुहरूलाई पनि आकर्षित गर्छ। हिन्दु धर्मालम्बीहरूका लागि पनि यहाँ विभिन्न देवीदेवताका थानहरू रहेको छन्।

काठमाडौंबाट शैलुङ जानका लागि निजी सवारी, मोटरसाइकल वा सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ। दोलखाको मुढे, जिरी हुँदै शैलुङसम्मको सडक अलिक कठिन भए पनि हालसालैको स्तरोन्नतिको प्रयासले सहज हुँदै गएको छ। यात्रा गर्नुअघि मौसम जानकारी लिने, न्यानो लुगा लैजाने र आरामदायक जुत्ता आवश्यक हुन्छ। क्यामेरा लिएर जानु शैलुङको जादूलाई सम्हाल्ने उत्तम उपाय हो।

पर्यटकका लागि होमस्टे, लज तथा स्थानीय भोजनालयको सुविधा उपलब्ध छ। यहाँका स्थानीय बासिन्दाले पाहुनालाई ‘आफ्नै परिवार’ सरह सत्कार गर्छन्। तामाङ संस्कृति र उनीहरूको लोकजीवन नजिकबाट बुझ्न चाहनेहरूका लागि शैलुङ एक उत्कृष्ट गन्तव्य हाे । शैलुङको प्रमुख आकर्षण भनेकै यसको बहुआयामिक सौन्दर्य हो ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक र आध्यात्मिक। त्यसमाथि, यहाँ पुग्दा शहरको कोलाहलबाट टाढा, शान्त वातावरणमा आफूलाई हराउन सकिन्छ। आँखाले देखिने दृश्य र मनले महसुस गर्ने शान्तिले शैलुङलाई ‘एकपटक पुग्नैपर्ने गन्तव्य’ बनाएको छ। माघदेखि चैत महिनासम्म शैलुङ हिउँले ढाकिन्छ।

हिउँ खेल्न चाहने युवायुवती, फोटोग्राफीका सौखिन तथा सामाजिक सञ्जालमा ‘हिमाली कन्टेन्ट’ पोस्ट गर्न चाहनेहरूका लागि शैलुङ सजिलो गन्तव्य बनेको छ। नजिकैको काठमाडौं उपत्यकाबाट छोटो यात्रा गरे पनि हिमालको गहिरो स्पर्श पाउन सकिने सम्भावना यहीँ छ।

 


Thali Mobile Pvt.Ltd.