भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

अधिकृतप्रतिमाथि क्रुद्ध बनेका बालेनले जव गृहमन्त्रीलाई फोन गरेर भने…

अधिकृतप्रतिमाथि क्रुद्ध बनेका बालेनले जव गृहमन्त्रीलाई फोन गरेर भने…

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतप्रति क्रुद्ध बनेका मेयर बालेन्द्र साह (बालेन)ले कार्यपालिकाका निर्णय प्रमाणीकरणमा ‘किर्ते’ गरेको भन्दै मेयर गृहमन्त्री नारायण काजी श्रेष्ठलाई फोन गरेर तत्काल थुनामा राख्न कारबाहीको माग गरेका छन् ।

मेयर बालेनको तारनतारको फोनपछि गृहमन्त्री श्रेष्ठले यसबारे मन्त्रालयमा छलफल गरेका छन् । पक्राउ पुर्जी नलिई पक्राउ गर्न नपाइने व्यवस्था बारे मन्त्रीले कर्मचारीले सुझाएको बुझिएको छ ।

प्रक्रियागत रूपमा कर्मचारीले बदमासी नै गरेको हो भने स्थानीय तहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउन सक्ने र आयोगले छानबिन गरी मुद्धा दायर गर्न सक्ने विषयमा कर्मचारीले मन्त्रीलाई जानकारी गराएको स्रोतको दावी छ ।

पुलिसले अनुसन्धान गरेर मुद्धा दायर गर्ने भए पनि कर्मचारी हकमा भने अख्तियारमार्फत नै जाने विषय जानकारी गराइएको हो । कानुनी प्रक्रिया शुरु गर्दै गर्दा त्यसका जति पनि प्रावधानहरू हुन्छन् त्यो विषयका बारेमा कुरा हुनु स्वभाविक भएको मेयर साहका स्वकीय सचिव भूपदेव साहले बताए ।

आन्तरिक रूपमा लिखित तथा मौखिक रूपमा सचेत गराउने गरिँदै आएकोले अहिलेको विषयलाई पनि सुशासन कायम गराउने कार्यकै निरन्तरता भएको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.