भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा सुधार हुन नसकेको महामन्त्री थापाकोे भनाई

अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा सुधार हुन नसकेको महामन्त्री थापाकोे भनाई

काठमाडौं । देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए । बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव बिमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापा देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका हुन ।

महामन्त्री थापाले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताएका हुन ।
देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए ।

महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताए । उनले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे ।

महामन्त्री थापाले पूर्वकर्मचारीहरुको ज्ञान र सिपलाई सरकारले उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास शुरु भएको उल्लेख गरे । उनले आफ्नो पार्टीको संसदीय दलको निर्वाचनमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताए । पुराना नेतृत्वसँगको प्रतिष्पर्धा गरेर नथाकेको भन्दै निरन्तर प्रतिष्पर्धा गर्ने उनले संकेत गरे ।

 


Thali Mobile Pvt.Ltd.