भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

बालकोटका मासुपसलबाट सडेको ४५ केजी मासु जफत गरी नष्ट, अधिकाँश पसलमा अखाद्य वस्तु छयापछयाप्ती

बालकोटका मासुपसलबाट सडेको ४५ केजी मासु जफत गरी नष्ट, अधिकाँश पसलमा अखाद्य वस्तु छयापछयाप्ती

भक्तपुर । भक्तपुरका चारवटै नगरपालिकाले बजार अनुगमन तीब्र पारेका छन् । चाँगुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकामा अनुगमन तीब्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

अनुगमनका क्रममा आज अधिकांश पसलमा अखाद्य वस्तु एवं कुहिएका खाद्य सामाग्री तथा पेय पदार्थ भेटिएको छ । भेटिएका ति सामाग्री जफत गरी नष्ट गरिएको छ । बजार अनुगमन तीब्र भएपछि उपभोक्ता खुसी भएका छन् ।

भक्तपुर नगरपालिकाले च्याम्हासिंह, सूर्यमढी, इनाचो र सुकुलढोकामा रहेको मिनिमार्ट तथा खाद्य पसल अनुगमन गर्दा म्याद नाघेको सामानहरु धेरै भेटाएकोले जफत गरी नष्ट गरेको छ । राजकृष्ण गोराको नेतृत्वमा रहेको टोलीले नमस्ते किराना स्टोर नविकरण गर्न, प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र म्याद नाघेको सामानहरु करेन्ट, चाउचाउ, भटमास, दालमोठ, आलुचिप्स, मसला, बदाम बरामद गरी नष्ट गरेको छ ।

त्यस्तै सुनगाभा स्टोर नविकरण गर्न र म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोट, नगरकोट क्षेत्रका बजार अनुगमन गर्दा पसल नविकरण नगरेको, म्याद गुज्रीएका सामाग्री विक्रि वितरण गरिएको पाइएको छ ।

त्यस्तै मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका बालकोट क्षेत्रका पसल अनुगमन गर्दा सरसफाइ नगरिएको, पसल नविकरण नगरिएको, कुहिएका खाद्य पदार्थ विक्रि गरेको, सडेको मासु विक्रि गरिएको, कुहिएका दहि र पनिर विक्रि गर्न राखिएको पाइएको छ ।

अनुगमन समितिका सदस्यहरु, कार्यपालिका सदस्य र प्रशासकीय अधिकृत र नगरप्रहरीको सहभागितामा बजार अनुगमन तीब्र पारिएको छ । बालकोटका दहि भण्डार र बेकरी सप, वेलकम टु रेड एप्रोन मिटमार्ट, तिमल्सिना केक शप तथा दुग्ध डेरी, बर्गर हाउस, आयुस मिट सप, बालकोट बर्गरहाउस पसलमा अनुगमन गर्दा ४५ केजी सडेको मासु, ३५ केजी कुहिएको पनिर र दही जफत गरी नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएपछि पाँच–पाँच हजारसम्म जरिवाना गएिको छ ।

 


Thali Mobile Pvt.Ltd.