भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बंगलादेश–नेपालअन्तर्राष्ट्रिय बस सेवा सञ्चालन तयारी तीव्र

बंगलादेश–नेपालअन्तर्राष्ट्रिय बस सेवा सञ्चालन तयारी तीव्र

काठमाडौं । बंगलादेशले नेपाल र भारतका चार वटा नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । करिब ८ सय १३ किमि दूरीको ढाका–काठमाडौं अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन तयारी तीव्र पारेको हो ।

बंगलादेश, भुटान, इन्डिया र नेपाल यी चार देशबीच सोझो बस सेवा सञ्चालनका लागि सन् २०१५ जुनमा ‘मोटर भेहिकल’ सम्झौता भएको थियो । भुटानको संसद्ले भने सम्झौता अझै अनुमोदन गरेको छैन । नेपाल र भारतमा चाँडै बस सेवा सञ्चालनको गृहकार्य सुरु गरेको हो ।

सस्तोमा बस यात्रा गर्ने यात्रुको चासो बढेकाले बंगलादेश सडक यातायात निगम (बीआरटीसी) ले चार नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सञ्चालन गर्ने योजना बनाएको हो । बंगलादेशले ०७५ वैशाख १२ मा ढाका–काठमाडौं बस सेवा र ०७६ मंसिर २६–३० सम्म ढाका–दार्जिलिङ बसको परीक्षण यात्रा गरिसकेको छ ।

बंगलादेशले ढाका–काठमाडौंसहित चटगाउँ–कोलकाता, ढाका–गान्तोक–दार्जिलिङ र बारिसाल–कोलकाताबीच सोझो बस सेवा सञ्चालनको तयारी गरेको बंगलादेश सडक यातायात निगमले जनाएको छ ।

खासगरी बंगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाल घुम्न चाहने बंगलादेशी पर्यटकका लागि बस सेवा प्रभावकारी बन्न सक्ने भएकाले चाँसोकासाथ हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.