भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

लोकतन्त्रका लागि लडेकी हसिनाबाटै खतराको घण्टी बज्यो

लोकतन्त्रका लागि लडेकी हसिनाबाटै खतराको घण्टी बज्यो

काठमाडौं । लोकतन्त्रका लागि लडेकी हसिनाले अहिले लोकतन्त्रलाई नै खतरामा पारिरहेको आलोचकहरूे आरोप लगाएका छन् । सन् २००७ मा प्रधानमन्त्री शेख हसिना बङ्गलादेशको विपक्षी नेता हुँदा सयौँ सैनिकले घरमा छापा मारेर उनलाई राजधानी ढाकाको एक अदालतमा लगेका थिए । जबरजस्ती असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री रहिसकेकी हसिनाले ती आरोपलाई आगामी निर्वाचनमा उम्मेदवार हुनबाट रोक्न षड्यन्त्र गरिएको बताएकी थिइन् । उनलाई देश छाड्न वा कारागारमा बस्न विकल्प दिइएको थियो । एघार महिनापछि उनलाई रिहा गरियो र सन् २००८ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित भइन् । अहिले उनी भारत र म्यान्मारबीच रणनीतिकरूपमा अवस्थित १६ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुख्यरूपमा मुस्लिम राष्ट्र बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता हुन् ।

आइतबारको आम निर्वाचनमा सत्तामा आफ्नो पकड बलियो बनाउन उनी तयार छिन् । यो निर्वाचन हसिनाको १५ वर्षको शासनपछि आएको छ जसले उनलाई लोकतन्त्रका लागि लड्ने नेताबाट लोकतन्त्रकै लागि सबैभन्दा खतरामध्येको एक बनाइदिएको आलोचक बताउँ छन् । हसिनाको मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टीले जनवरी ७ मा हुन गइरहेको निर्वाचनलाई बहिष्कार गर्दैछ ।

बिएनपीले हसिनाको सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न नसक्ने बताएको छ । निर्वाचनले ७६ वर्षीया हसिनाका लागि प्रधानमन्त्री कार्यालयमा लगातार चौथो र समग्रमा पाँचौँ कार्यकाल सुरक्षित गर्ने मञ्च तयार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.