भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बङ्गलादेशमा गठित अन्तरिम सरकारले आज शपथ लिने

बङ्गलादेशमा गठित अन्तरिम सरकारले आज शपथ लिने

काठमाडौं । बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् ।

विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए। त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

यसैबीच, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले तत्काल बेलायतको शरण नपाउने देखिएको छ । भारतीय सञ्चारमाध्यमले हसिनाको सम्भावित निर्वासनबारे बेलायती अधिकारीहरुसँग लिएको प्रतिक्रियामा उनीहरुले निर्वासन वा अस्थायी शरण लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान नभएकोले हसिनाले बेलायतको यात्रा गर्न नपाउने बताएका छन् । यसै कारण हसिनालाई केही समय भारतमै रोकिनुपर्ने भएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.