भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कच्चा तेलको मूल्य सात महिनायताकै न्यून

कच्चा तेलको मूल्य सात महिनायताकै न्यून

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै न्यून विन्दुमा झरेको छ । संसारभर पेट्रोलियम पदार्थको मागमा आएको कमी र संयुक्त राज्य अमेरिकामा आर्थिक मन्दीको डरले कच्चा तेलको भाउ घटिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै मध्यपूर्वमा बढ्दो द्वन्द्वको खतराको सङ्केतले पनि भाउ घट्न मद्दत गरेको छ । गएको हप्ता हमास र हिजबुल्लाह लडाकु समूहका वरिष्ठ सदस्यहरूको हत्यापछि इरान र यसका सहयोगीहरूले इजरायलमा आक्रमणको तयारी गरेका छन् । इरान र इजरायलबीच युद्ध भएमा मध्यपूर्व सिधै युद्धमा धकेलिने र बाँकी विश्व पनि अप्रत्यक्ष रूपमा युद्धको हिस्सा बन्ने भएकाले तेलको भाउ घटिरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल ७३ दशमलव ६७ डलरमा झरेको छ । हिजो र अस्तिको तुलनामा आज भाउ बढे पनि अझै सात महिनायताकै तल्लो तहमा नै रहेको हो । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.