भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कच्चा तेलको मूल्य सात महिनायताकै न्यून

कच्चा तेलको मूल्य सात महिनायताकै न्यून

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनायताकै न्यून विन्दुमा झरेको छ । संसारभर पेट्रोलियम पदार्थको मागमा आएको कमी र संयुक्त राज्य अमेरिकामा आर्थिक मन्दीको डरले कच्चा तेलको भाउ घटिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै मध्यपूर्वमा बढ्दो द्वन्द्वको खतराको सङ्केतले पनि भाउ घट्न मद्दत गरेको छ । गएको हप्ता हमास र हिजबुल्लाह लडाकु समूहका वरिष्ठ सदस्यहरूको हत्यापछि इरान र यसका सहयोगीहरूले इजरायलमा आक्रमणको तयारी गरेका छन् । इरान र इजरायलबीच युद्ध भएमा मध्यपूर्व सिधै युद्धमा धकेलिने र बाँकी विश्व पनि अप्रत्यक्ष रूपमा युद्धको हिस्सा बन्ने भएकाले तेलको भाउ घटिरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल ७३ दशमलव ६७ डलरमा झरेको छ । हिजो र अस्तिको तुलनामा आज भाउ बढे पनि अझै सात महिनायताकै तल्लो तहमा नै रहेको हो । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.