भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बंगलादेश र नेपालबीच विद्युत् बिक्री वार्ता सकारात्मक, छिटै सम्झौता हुने सहमति

बंगलादेश र नेपालबीच विद्युत् बिक्री वार्ता सकारात्मक, छिटै सम्झौता हुने सहमति

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ ।

आउँदो वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच सहमति भएको हो । दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबी अन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिबीच हिजो बंगलादेशको ढाकामा वार्ता भएको हो ।

विद्युत् बिक्री सम्झौताका हरेक बुँदाबारे विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको हो ।

विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत् भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुने छ । रासस

 


Thali Mobile Pvt.Ltd.