भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढायो

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढायो

काठमाण्डौ । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदरको सीमा बढाएको हो ।

मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै उक्त सीमा बढाएको हो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले संस्थागत मुद्दतीमा सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत विन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने स्वदेशी तथा विदेशी मुद्राको मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी निक्षेप सङ्कलन गर्नुपर्ने व्यवस्था हटाइएको छ ।

यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले कम हुनुपर्ने व्यवस्था थियो ।

 


Thali Mobile Pvt.Ltd.