भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

ढाकामा सेनाको तालिम विमान दुर्घटना, १९ जनाको ज्यान गयाे, सयौं घाइते

ढाकामा सेनाको तालिम विमान दुर्घटना, १९ जनाको ज्यान गयाे, सयौं घाइते

मुख्य बुँदा

बङ्ग्लादेशको राजधानी ढाकामा वायुसेनाको तालिमका लागि प्रयोग हुने विमान माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्कियो

दुर्घटनामा कम्तीमा १९ जनाको ज्यान गएको छ भने करिब १५० भन्दा बढी घाइते

घटना विद्यालयमा परीक्षा सञ्चालन भइरहँदा भयाे

घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना

सरकारले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु गरिसकेको जानकारी

भोलि देशभरि शोक मनाउने घोषणा

ढाका, ५ साउन । बङ्ग्लादेशको राजधानी ढाकामा वायुसेनाको तालिमका लागि प्रयोग हुने एउटा विमान आज दिउँसो माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने करिब १५० भन्दा बढी घाइते भएका छन्।

घाइतेहरूलाई नजिकैको अस्पतालहरूमा भर्ना गरिएको छ। दुर्घटना विद्यालयमा परीक्षा सञ्चालन भइरहँदा भएको थियो। एक विद्यार्थीका अनुसार दुर्घटना अचानक भयो र सबै अचम्मित भए।

सरकारले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने निर्णय गरेको छ। साथै, भोलि देशभरि शोक मनाउने घोषणा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.