भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मुम्बई ट्रेन विस्फोट प्रकरणका सबै आरोपीलाई उच्च अदालतबाट पाए सफाइ

मुम्बई ट्रेन विस्फोट प्रकरणका सबै आरोपीलाई उच्च अदालतबाट पाए सफाइ

बम्बई, ५ साउन । भारतको बम्बई उच्च अदालतले सन् २००६ को मुम्बई लोकल ट्रेन विस्फोट प्रकरणका सबै १२ आरोपीलाई सफाइ दिएको छ।

विस्फोट प्रकरणमा विशेष अदालतले २०१५ मा उनीहरूलाई दोषी ठहर गरी पाँचजनालाई मृत्युदण्ड र सातजनालाई आजीवन कारावासको सजाय सुनाएको थियो।

तर, उच्च अदालतले अभियोजन पक्षले आरोप प्रमाणित गर्न नसकेको भन्दै विशेष अदालतको फैसला खारेज गरेको छ। अदालतले लामो समयपछि दिइएको बयानमा विश्वास गर्न नसकिने तर्क प्रस्तुत गरेको छ।

सन् २००६ जुलाई ११ मा मुम्बई लोकल ट्रेनमा ७ वटा शृङ्खलाबद्ध विस्फोट हुँदा १८९ जनाको मृत्यु र ८२४ जना घाइते भएका थिए। यी विस्फोटहरू प्रेसर कुकर बमले गरिएका थिए।

 


Thali Mobile Pvt.Ltd.