भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । चालु वर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलवार बताउनुभएको छ । उहाँका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर विप्रेषण रेकर्ड भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा एक सयभन्दा बढी देशहरूबाट करिब एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर विप्रेषण पठाएका थिए ।

बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ । रासस/सिन्ह्वा

 


Thali Mobile Pvt.Ltd.