भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बैंकर पक्राउमा कस कसको आपत्ति ?

बैंकर पक्राउमा कस कसको आपत्ति ?

काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएका बेथिति छानबिन गर्न आरोपित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको विषयलाई बैंकसम्बन्धी चार संस्थाले विरोध गर्दै चेतावनी दिएका छन् । नेपाल प्रहरीले केही समययता गरेको कार्य आम पब्लिकले सकारात्मक भनिरहेका बेला केही बैंकरले उल्टो बाटो नअपनाउन तेतावनी दिएका हुन ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन । धरपकडले बैंकरहरुको मनोवल घटाएको भन्दै ती संस्थाहरुले जारी गरेको विज्ञप्तीमा पहिले दोषी प्रमाणित भएपछि मात्रै थुन्ने कुरा अपनाउन आग्रह गरे ।

प्रहरीको धरपकडप्रति आपत्ति जनाउँदै बुधबार जारी विज्ञप्तिमा ‘बैंकिङ कसूरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनुपर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको भनिएको छ ।

विज्ञप्तिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आएको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकबाट बैङ्किङ कारोबार गर्नका लागि इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधि बमोजिम आ–आफ्नो अधिकार क्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.