भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

दलित अधिकार विधेयकको मस्यौदामाथि सम्वाद

दलित अधिकार विधेयकको मस्यौदामाथि सम्वाद

काठमाडौं । कर्णाली प्रदेशमा दलित अधिकार विधेयकको मस्यौदामाथि सरोकारवालाहरुसँग नीति संवाद भएको छ । प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिको आयोजना तथा कर्णाली प्रदेश संवाद समुहको समन्वय तथा सहजीकरणमा उक्त विधेयकको मस्यौदामाथि छलफल भएको हो ।

नीति संवादमा दलित अधिकार सम्बन्धीको विधेयक मुख्यमन्त्री कार्यालयमा रोकिएकोप्रति दलित अगुवाहरुले दुखेसो पोखे । यो विधेयक पास गर्नमा सरकारले चासो नदेखाएको सरोकारवालाको आरोप छ ।

दलित अधिकारकर्मी बसन्त विश्वकर्माले विधेयकको मस्यादा बनेको साढे पाँच वर्षसम्म पनि संसदसम्म नपुग्नु दलित समुदायका लागि दुखद कुरा रहेको बताए । दलित समुदायका अगुवा भिमबहादुर परियारले विभेदले जरा गाडेको कर्णालीमा कानुन बनाएर अन्त्य गर्न सकिने बताए । त्यस्तै दलितका लागि दलित आन्दोलनकी जिल्ला संयोजक माया बस्यालले उक्त विधेयक अगाडी बढ्न नसक्नुका कारणहरु खोजी काम गर्न सबै निकाय तत्पर रहनुपर्ने बताइन् ।

कार्यक्रमा सरोकारवाला पक्षहरुको जिज्ञाशालाई समेट्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले विधेयक अनुमोदनको प्रक्रियामा रहेको बताए । त्यस्तै जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले छिटो छरितो किसिमले विधेयकलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रणसिंह परियारले सरकारकै अरुचिका कारण विधेयक रोकिएको भन्ने गलत सन्देश नफैलाउन अनुरोध गरे । उनले विधेयक पासका लागि सबैसँग छलफल र वहस भइरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.