भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पानीको बहाप बढेसगैं कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

पानीको बहाप बढेसगैं कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सुनसरी । कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। दुई दिनदेखिको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सबै ढोका खोलिएको हो ।

आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको र पानीको बहाप बढेसँगै निरन्तर अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको छ । यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो।

पानीको बहाब अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सुसूचित गरेको छ।

पानीको बहाव अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आफूहरुको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.