आजबाट वर्षा र हिमपात

आजबाट वर्षा र हिमपात image

काठमाडौं । आजबाट वर्षा र हिमपात गराउने प्रणाली भित्रिने भएको छ । यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

शुक्रबार र शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda