काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन नेतालाई कारबाही गरेको छ । ०७८ साल मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रावललाई पार्टीबाटै निस्कासित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि कर्नरमा पारिएका उनीसँग पार्टीबाटै निकालेर प्रतिशोधको रिस फेरिएको हो ।
असोज २४ गते एमाले मुख्यालयको भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध बोल्ने एमालेका दुई नेत्रीविरुद्ध पनि कारबाही भएको छ । स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बित गरिएको छ । एमाले नेतृत्वले आफूलाई राणा शासन जस्तो व्यवहार गरेको बताइरहेका छन् । पार्टीमा लामो समयदेखि काम गरिरहेका तीन नेतामध्ये रावल ओलीलाई टक्कर दिने नेता हुन् ।
यता नेत्री पाण्डे र तिम्सिना पार्टीमा नयाँ र युवा पुस्तामा परिचित छन् । ओलीको कार्यशैलीप्रति रुष्ट बिन्दा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग नजिकिएको चर्चा थियो । बिन्दाले कीर्तिपुरको दाने जग्गामा नभई बल्खुस्थित रोपनी जग्गा सरसफाइ गरेर नयाँ भवन बनाउनुपर्ने माग गरेकी थिइन् । यता उषाकिरण हाल एकीकृत समाजवादीमा रहेका नेता घनश्याम भुषालको स्कुलिङबाट उदाएकी नेत्री हुन् । घनश्याम अहिले नेकपा एकीकृत समाजवादीका महासचिव छन् ।
उनी नेकपाको समयमा ओलीको कट्टर विरोध गर्नेमध्ये एक हुन् । बुधबार सचिवालय बैठकमा सरकारको काम प्रभावकारी भए नभएको हेर्ने एजेण्डठामा लामो समय कुरा भएन । अलमल तीन नेताको कारबाहीमा भयो । एमाले महासचिव शंखर पोख्रेलले कारवाहीको एजेन्डा अगाडि सारे । त्यसपछि कारवाहीको विषयमा कुराकानी हुन थाल्यो । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तीन नेताको विषयमा आफ्ना गम्भीर निर्णय सुनाए । रावललाई पार्टीबाट ननिकाले एमालेमाथि प्रहार हुने र समस्या बढ्ने भन्दै यस्ता विषयमा अब क्षमा दिन नसकिने ओलीले बताए ।
एमालेले रावलसँग वार्ता गर्न ०७९ चैत १८ गते ३ सदस्यीय कार्यदल नै बनाइएको थियो । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेका तर पार्टीको विधान नमानेका कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको ३ सदस्यीय टोली बनाइएको थियो । तर रावलसँग वार्ता हुन सकेन । रावललाई पार्टीबाट निकाल्ने निर्णयमा पुगे ओली ।
०७९ को निर्वाचनमा पनि पार्टी सिद्दयाउन लागेको मान्छेलाई पार्टीमा राखेर फाइदा छैन’, ओलीले सचिवालय बैठकमा भने । कहिले नयाँ पार्टी खोल्ने भनेको छ । दादागिरी धेरै भयो । अब फालेपछि लन्ठै साफ ।’ ओलीले यसो भनेपछि सचिवालयमा सहभागी नेताहरू केहीबेर शान्त भए । उता वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंखर पोख्रेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतले पनि रावललाई कारबाही नगरे एमालेलाई ठूलो घाटा हुने मत राखे ।
रावल एमालेमा नफर्किर्ने बरु नयाँ पार्टी खोल्ने योजनामा रहेकोे कुरा आएपछि सबैले एउटा निर्णय गर्नुपर्ने अवस्था बन्यो । त्यसभन्दा पहिला रावलले कहाँ–कहाँ छलफल गरे र कसलाई कसलाई भेटे भनेर सुदुरपश्चिमका इन्चार्ज तथा सचिव छविलाल विश्वकर्माले रिर्पोट गरे ।
स्रोतका अनुसार ओलीको कार्यशैलीसँग सन्तुष्ट नभएका नेता पनि रावललाई कारबाही गर्ने कुरामा एक मुख भए । विगतमा ‘१० भाइ समूह’ भनेर चिनिएका तर एकीकृत समाजवादीमा नलागेका नेता पनि रावललाई बचाउने विषयमा खरो रूपमा प्रस्तुत भएनन् । उनीहरू रावलमाथि कारबाही गर्नुपर्ने पक्षमा नबोले पनि उनको कार्यशैली ठिक नभएको भन्नेमा उभिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...