भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सत्ता परिवर्तनसँगै रोकियो जग्गा हिनामिना अनुसन्धान

सत्ता परिवर्तनसँगै रोकियो जग्गा हिनामिना अनुसन्धान

काठमाडौं । सत्ता फेरिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना मुद्दाको अनुसन्धान रोकेको छ । गृहमन्त्रीमा कांग्रेसका रमेश लेखक आएपछि सिआईबीले अघोषित रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उद्योगपति विनोद चौधरीको संलग्नता रहेको मुद्दाको अनुसन्धान रोकेको स्रोतले बताएको छ ।

जुत्ता कारखानाको जग्गा गैरकानुनी रूपमा चाँदबाग स्कुलको नाममा लगिएको प्रकरणमा सिआइबीले माघबाटै अनुसन्धान थालेको थियो । सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उनीहरू हाजिरी जमानीमा छुटेका छन् । सिआइबीले उद्योगपति तथा सांसद चौधरीसँग पनि यो प्रकरणमा बयान लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.