भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सत्ता परिवर्तनसँगै रोकियो जग्गा हिनामिना अनुसन्धान

सत्ता परिवर्तनसँगै रोकियो जग्गा हिनामिना अनुसन्धान

काठमाडौं । सत्ता फेरिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना मुद्दाको अनुसन्धान रोकेको छ । गृहमन्त्रीमा कांग्रेसका रमेश लेखक आएपछि सिआईबीले अघोषित रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उद्योगपति विनोद चौधरीको संलग्नता रहेको मुद्दाको अनुसन्धान रोकेको स्रोतले बताएको छ ।

जुत्ता कारखानाको जग्गा गैरकानुनी रूपमा चाँदबाग स्कुलको नाममा लगिएको प्रकरणमा सिआइबीले माघबाटै अनुसन्धान थालेको थियो । सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उनीहरू हाजिरी जमानीमा छुटेका छन् । सिआइबीले उद्योगपति तथा सांसद चौधरीसँग पनि यो प्रकरणमा बयान लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.