भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

बेइजिङ सैन्य परेडबारे अमेरिका र युरोपियन युनियनको कडा प्रतिक्रिया

बेइजिङ सैन्य परेडबारे अमेरिका र युरोपियन युनियनको कडा प्रतिक्रिया

काठमाडौँ, १९ भाद्र । चीनको राजधानी बेइजिङमा आयोजित भव्य सैन्य परेडले अन्तर्राष्ट्रिय स्तरमा तीव्र प्रतिक्रिया ल्याएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त परेडलाई “प्रभावशाली तर योजनाबद्ध” भनेर व्याख्या गरेका छन्। उनले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा आफूले परेड हेरेको तर आमन्त्रण भए पनि उपस्थित नहुने स्पष्ट पारेका छन्।

जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा हिजो आयोजित परेडमा चिनियाँ सेनाले आफ्ना शक्तिशाली सैन्य क्षमता प्रदर्शन गरेको थियो। कार्यक्रममा राष्ट्रपति सी जिनपिङले अमेरिका विरोधी मानिएका नेताहरूसहित उच्चस्तरीय अतिथि आमन्त्रण गरेका थिए।

उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब दुई घण्टा लामो गोप्य वार्ता भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भेटमा पुटिनले किमलाई रूस भ्रमणका लागि निम्तो दिएका छन्।

युरोपेली सङ्घ (ईयू) का विदेश तथा सुरक्षा नीति प्रमुख काजा कल्लासले बेइजिङ परेडमा देखिएको नेताहरूको उपस्थिति “स्वेच्छाचारी गठबन्धन” को प्रतीक भएको भन्दै कडा आलोचना गरेकी छन्। उनले सी जिनपिङ, पुटिन, इरानी नेतृत्व र किम जोङ उनसँगै उभिएको दृश्यलाई केवल “पश्चिम विरोधी देखावट” मात्र नभई अन्तर्राष्ट्रिय नियममा आधारित प्रणालीमाथि प्रत्यक्ष खतरा भएको दाबी गरिन्।

कल्लासका अनुसार यस्तो गठबन्धनले विश्व स्थिरता र नियममा आधारित व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ, जसलाई पश्चिमी शक्तिहरूले संयुक्त प्रयासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.