भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

जमैकाको क्यारेबियन टापु तर्फ सर्दै बेरिल नामको शक्तिशाली आँधी

जमैकाको क्यारेबियन टापु तर्फ सर्दै बेरिल नामको शक्तिशाली आँधी

काठमाडौं । बेरिल नामको शक्तिशाली आँधी ठूलो गर्जनसहित जमैकाको क्यारेबियन टापु तर्फ सरिरहेको छ । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टर (एनएचसी)ले चेतावनी दिएको छ ।

यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ । जमैकामा शक्तिशाली आँधीबेहरीको चेतावनीसँगै प्रशासनले स्थानीय समय अनुसार विहान ६ देखि बेलुका ६ बजेसम्म कर्फ्यू लगाएको छ ।

प्रधानमन्त्री एन्ड्रयु होलनेसले नागरिकलाई यो आँधीलाई गम्भीर रूपमा लिएर बाढी र पहिरोको जोखिममा रहेका बस्ती र नदी किनार तथा तटीय क्षेत्रमा हुनेलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। बेरिल आँधीका कारण यसअघि सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सको हिस्सा रहेको युनियन टापुमा झन्डै ९० प्रतिशत घर क्षतिग्रस्त भएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.