भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बेलायतमा आज आम चुनाव हुँदै

बेलायतमा आज आम चुनाव हुँदै

काठमाडौं । बेलायतमा आज आम चुनाव हुँदैछ । आज हुने चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको थियो । चुनावमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान हुने बीबीसीले जनाएको छ ।

मतदानमा बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायतबाट पनि सहभागी हुँदैछन् । यो मतदान कुल छ सय ५० संसदीय सीटको लागि हुनेछ । छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

प्रधानमन्त्री सुनकले गएको मे २२ मा जुलाई ४ लाई आम चुनाव हुने घोषणा गर्नुभएको थियो । त्यसको आठ दिनपछि मे ३० मा संसद् विघटन गरिएको थियो । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टीले नेतृत्व गरिरहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.