भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

इजरायलसँग कूटनीति अब सम्भव छैनः इरानी विदेशमन्त्री

इजरायलसँग कूटनीति अब सम्भव छैनः इरानी विदेशमन्त्री

एजेन्सी, ७ असार । इरानले इजरायलमाथि आफ्नो आक्रमण जारी रहुँदा तत्कालै वार्ता सम्भव नभएको स्पष्ट पारेको छ। जेनेभामा आयोजित युरोपेली कूटनीतिज्ञहरूसँगको भेटमा इरानी विदेशमन्त्री अब्बास अराघचीले भने: “इजरायली आक्रमण रोकिनुपर्छ, तब मात्र कूटनीतिक संवाद सम्भव हुनेछ।”

उनले आफ्नो राष्ट्रको आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दाबी गरे र यो कार्यक्रमका कारण कुनै बहस गर्न नचाहेको बताए। अराघचीले इजरायलको आक्रमणलाई “अन्तर्राष्ट्रिय कानून उल्लंघन” भने र इरानी सरकारका अनुसार त्यसप्रति प्रतिक्रिया जनाउनु आफूहरूको वैध आत्मरक्षाको अधिकार भएको स्पष्ट पारे।

यता, इजरायली सेनाले इरानी मिसाइल भण्डारण एवं प्रक्षेपण केन्द्रहरूमा थप आक्रमण शुरु गरेको समाचार सार्वजनिक भएको छ। यो घटनाक्रमअघि इरानले इजरायलको मध्य क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो।

तत्पश्चात तेल अभिभका नजिक ठूलो विस्फोट भएको, केही भवनहरूमा आगलागी भएपछि तनाव झनै बढेको छ। इजरायली विदेशमन्त्री एयाल जामिरले पनि आफ्ना नागरिकहरूलाई ‘कठिन दिनहरूका लागि तयार रहन’ अनुरोध गर्दै भिडियो सन्देश जारी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.