भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, भैरवनाथको रथ निर्माण हुँदै

भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, भैरवनाथको रथ निर्माण हुँदै

मुख्य बुँदा 

 भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र

टौमढीमा भैरवनाथको रथ निर्माण अन्तिम चरणमा

करिब ३० फिट अग्लो तीनतले रथ तयार हुँदै

नयाँ वर्षअघि रथ तानेर जात्रा सुरु हुने परम्परा

हजारौँ युवाले डोरी तानेर रथ सञ्चालन गर्ने चलन

भक्तपुर, १८ चैत । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिस्का जात्राको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। भक्तपुर नगरपालिका–५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि भैरवनाथको रथ निर्माण कार्य भइरहेको छ।

आठ रात नौ दिनसम्म चल्ने बिस्का जात्रा सुरु हुन केही दिन मात्रै बाँकी रहँदा रथ निर्माण तीव्र रूपमा अघि बढाइएकाे छ । परम्पराअनुसार नयाँ वर्ष आगमनको चार दिनअघि पाँचतले मन्दिरअगाडि प्यागोडा शैलीमा काठबाट बनाइएको करिब ३० फिट अग्लो तीनतले भैरवनाथको रथ तान्दै जात्रा प्रारम्भ गरिन्छ।

रथ तान्ने क्रममा दुवैतर्फबाट मोटामोटा डोरी प्रयोग गरिन्छ। एकातिर ६ वटा र अर्कोतिर ४ वटा डोरी राखेर हजारौँ युवाहरूले रथ तान्ने प्रचलन रहिआएको छ।

यस जात्रालाई भक्तपुरको पहिचानका रूपमा लिइन्छ, जसमा स्थानीयवासीको उत्साह र सहभागिता उल्लेखनीय रहने गर्दछ। याे जात्रालाइ विश्वपहिचान बाेकेकाे जात्राकाे रूपमा हेरिन्छ । 

 


Thali Mobile Pvt.Ltd.