भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जुम्लाका ८ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्लाका ८ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

मुख्य बुँदा 

जुम्लाका ८ स्थानीय तहविरुद्ध १२६ उजुरी दर्ता

३५ वटा उजुरी मात्रै फर्छ्यौट, बाँकी अनुसन्धानमै

सबैभन्दा धेरै उजुरी चन्दननाथ नगरपालिकामा (५२)

स्थानीय तहमा भ्रष्टाचारसम्बन्धी उजुरी बढ्दो

अख्तियारले अनुसन्धानलाई तीव्र बनाउने जनाएको

जुम्ला, १७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका आठ स्थानीय तहसम्बन्धी एक सय २६ वटा उजुरी परेका छन् ।

कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए । तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए ।

यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताए ।

आयोगले स्थानीय तहका उजुरी प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ । आयोग प्रदेश कार्यालयअन्तर्गत कर्णाली प्रदेशका १० सहित लुम्बिनी प्रदेशको पूर्वीरुकुम जिल्ला रहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.