भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नेपालकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन आयो

नेपालकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन आयो

भक्तपुर । नेपालकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पताल लामो समयको अन्तरालमा सुविधा सम्पन्न बन्दै गएको छ । पछिल्लो समय नेपालकै उत्कृष्ट अस्पताल बन्न सफल अस्पतालमा सिटी स्क्यान मेसिन आएसंगै झनै सुविधा सम्पन्न हुने भएको हो ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १७ असार १९६१ मा ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट स्थापना भएको अस्पताल विस्तारै सबैको रोजाइमा पर्ने अस्पताल बन्न थालेको हो । कोरोना कहरमा तात्कालिन मेसु डाक्टर सुमित्रा गौतम नेत्वमा फड्को मारेको भक्तर अस्पतालले भक्तपुरबासीको माग अनुसार सिटी स्क्यान मेसिन प्राप्त गरेको हो ।

 भक्तपुर अस्पतालमा

भक्तपुर असपतालमा मेसु हुँदा सिटी स्क्यान मेसिनका लागि डाक्टर सुमित्रा गौतमले गरेको दुःखले सार्थकता पाउँन थालेको हो । सिटी स्क्यान मेसिन ल्याउन पहल कदम चाल्ने बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा र डाक्टर गौतम स्वास्थ्य सचिव भएकै अवस्थामा सिटी स्क्यान मेसिन भक्तपुरमा अस्पतालमा आउनु भक्तपुर अस्पतालले नयाँ जीवन पाएको स्थानीयको भनाई छ ।

लामो समयको प्रतिक्षापछि सिटी स्क्यान मेसिन उपकरण भक्तपुर अस्पताल परिसरमा डेलिभर हुँदा आफूलाई खुःशीलागेको अस्पताल निर्देशक डाक्टर सुरेन्द्र प्रुसाद भट्टले बताउनुभयो । उहाँले उपकरण जडान कार्य छिटै हुने जानकारी दिनुभयो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उपकरण जडान गरी छिटो भन्दा छिटो सेवा संचालन गर्न निर्देशन दिनुभयो ।

 भक्तपुर अस्पतालमा

उहाँले सेवा विस्तारका लागि आवश्यक सहजिकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले अस्पतालका वार्डहरुको अनुगमन गरी विरामीहरुसंग अस्पतालले प्रदान गरेको सेवाबारे छलफल गर्नुभएको अस्पताल निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.