भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलन सुरु

नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलन सुरु

काठमाण्डौ । चिकित्सकहरु आन्दोलित भएका छन् । देशभरका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलन सुरु भएको हो ।
आफ्ना माग पूरा नभएको भन्दै कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेका हुन ।

सङ्घले स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समितिअन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नियुक्ति तथा तलब भत्तामा एकरूपता कायम गरी जोखिम भत्तालगायत थप भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ ।

सरकारले माग सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरी थप आन्दोलनका कार्यक्रम तय गर्ने सङ्घको भनाइ छ । सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुने सङ्घले जनाएको छ ।

Protest begins

 


Thali Mobile Pvt.Ltd.