भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भक्तपुर नगरपालिका शिक्षा क्षेत्रको मात्र नभई स्वास्थ्य क्षेत्रको पनि हव बन्दै

भक्तपुर नगरपालिका शिक्षा क्षेत्रको मात्र नभई स्वास्थ्य क्षेत्रको पनि हव बन्दै

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार उक्त केन्द्रको शुभारम्भ गरेका हुन । भक्तपुर नगरपालिकाले नगरबासीहरुको लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरका विभिन्न वडाहरुमा नगर स्वास्थ्य सेवा केन्द्रहरुको विस्तार गरिएको र्नुभयो । नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

उनले संविधानले नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र संवद्र्धन गरेकोले भक्तपुर नपाले उक्त कार्यलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको बताए ।
भक्तपुर नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले विभिन्न कलेजहरु सञ्चालन गर्दै आइरहेको र हाल ख्वप सर्कलअन्तर्गत नर्सिङ, इन्जिनियरिङ र कानुनजस्ता विषयहरु पनि निकै शुलभ रुपमा नपाले पठनपाठन गर्दै आइरहेको जानकारी दिए ।

भक्तपुर नपाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आएको बताउँदै उनले स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई दिनुपर्ने रकम अझ सोधभर्ना नगराएको गुनासो गरे ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगर स्वास्थ्य केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनतालाई आधाभूत स्वास्थ्य सेवाहरु उपलब्ध गराउने जानकारी दिँदै बिहान ७ बजेदेखि ९ बजेसम्म घरदैलो नर्सिङ सेवा पनि चालु रहने बताए ।

कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ले ख्वप अस्पतालमा दैनिक ८०० देखि ९०० को हाराहारीमा बिरामी स्वास्थ्य जाँचको लागि आउने गरेको बताउँदै वडास्तरबाट नगर स्वास्थ्य केन्द्र स्थापनाले नगरबासीहरुई सहज हुने बताए । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडा सदस्य तथा कार्यपालिका सदस्य छोरीमैंया सुजखू, वडा सदस्य इन्द्रबहादुर प्याथ, स्वास्थ्यकर्मी कृष्णशोभा लवजूले समेत आफ्नो भनाई राखेका थिए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित नगर स्वास्थ्य केन्द्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ र उक्त केन्द्रबाट निःशुल्क औषधी वितरण, डट्स क्लिनिक, परिवार नियोजन, खोप सेवा, ओपीडी चेकजाँच, निःशुल्क ड्रेसिङ सेवालगायतको सेवा सुविधाहरु प्रदान गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.