भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

धार्मिक रुपमा नेपाली जस्तो मिलेर बसेको देश संसारमा कतै छैनः उपाध्यक्ष लामा

धार्मिक रुपमा नेपाली जस्तो मिलेर बसेको देश संसारमा कतै छैनः उपाध्यक्ष लामा

लुम्बिनी। नेपाल धार्मिक सद्भावमा अडिक रहेको बौद्ध दर्शनका गुरु एंव लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले उदाहरण प्रस्तुत गरेका छन् । रुपन्देहीको तिलोत्तमा श्रीमद भागवत ज्ञान महायज्ञ एंव श्रृङारिक महाआरती कार्यक्रमको उद्घाटन गरेर नेपालमा धार्मिक असहिष्णुता चाहनेलाई लामाले उदहारण प्रस्तुत गरेका हुन ।

महायज्ञको उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा.लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको चर्चा गरे । लामाले नेपालीहरुबीच जातजाती र विभिन्न धर्मका मानिसहरुबीच एकता रहेको बताउँदै ‘हाम्रो भूमि बुद्धभूमि हो, ३ करोड नेपाली मिलेर बसेको देश हो, यस्तो देश संसारमा कतै छैन, त्यसैले हामी सबै मिलेर बस्नुपर्छ’ उनले भने ।

उनले ३ करोड नेपाली जनता एक आपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायबीचको बलियो एकतानै नेपालीहरुको गौरव भएको तर्क गरे । पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरु एकताबद्ध रहेको सन्देश दिएका हुन् ।
महायज्ञमा विभिन्न हिन्दुधर्मका अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.