भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भक्तपुर नगरपालिकाले चाल्योे ऐतिहासिक कदम, मूर्त र अमूर्त सम्पदा संरक्षण गर्ने मुख्य उद्देश्य

भक्तपुर नगरपालिकाले चाल्योे ऐतिहासिक कदम, मूर्त र अमूर्त सम्पदा संरक्षण गर्ने मुख्य उद्देश्य

भक्तपुर । संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले ऐतिहासिक कदम चालेको छ । शनिबार भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘बहा बही चिनौं,सम्पदा संरक्षण गरौं’भन्ने नारासहित सम्पदा पदयात्रा सहभागिहरुले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले ऐतिहासिक कदम चालेको बताएका हुन ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय सञ्चालन र भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन सरकारसँग निरन्तर पहल गरिरहेको जानकारी दिदै भक्तपुरको भाषा र कला, संस्कृति सबैको साझा सम्पत्ति भएको बताए । २०५८ सालबाट नै नेमकिपाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन सरकारसमक्ष पहल गर्दै आइरहेको उनले स्मरण गरे ।

नेपाल बहुजातिय, बहुभाषिक र बहुसंस्कृति देश भएको र यहाँ सबै जातजाति र भाषाभाषीका जनताहरु एकआपसमा मिलिजुली भाइचारा सम्बन्ध कायम गरी बसिरहेको सांसद सुवालको तर्क थियो । छिमेकी देश भारतले बुद्ध भारतमा जन्मेको भनी दुष्प्रचार गर्दा पनि नेपाल सरकार मौन बस्नुमा सरकारको औचित्यमाथि प्रश्न उठेको बताउँदै उनले नेपाली जनशक्ति विदेश पठाएर रेमिट्यान्सको भरमा देश सञ्चालन गर्ने सरकारको नीतिको विरोध गर्नुपर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षण र लोपोन्मुख अवस्थामा रहेका सम्पदाहरुको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले विविध गतिविधिहरुलाई जोड दिँदै आइरहेको बताए । भक्तपुरमा रहेका बहाबहीहरु आफैमा एउटा अमूल्य सम्पत्तिको रुपमा रहेको चर्चा गर्दै उनले बौद्ध दर्शनलाई अन्धविश्वासको विरुद्ध र भौतिकवादी दृष्टिकोण भएको दर्शनको रुपमा व्याख्या गरे ।

बौद्ध दर्शनका अध्येता डा. पुष्परत्न शाक्यले भक्तपुर नपाको आयोजनामा भएको भक्तपुरका प्राचिन बहाबही अवलोकन कायएक्रम बौद्ध दर्शन र संस्कृतिप्रति जागरण ल्याउने ऐतिहासिक कदम भएको बताए । भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भनपा ७ का वडाध्यक्ष उकेश कवां र भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेका थिए । सम्पदा पदयात्रामा सहभागी बहाबहीका प्रतिनिधि र गुँला बाजा समूहका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरका ठाउँ ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्री केन्द्रहरु समेत राखिएको थियो । र्‍यालीमा हजारौं संख्यामा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नगर प्रमुख प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिहरु, कर्मचारी, विद्यालयका शिक्षक, बहाबहीका प्रतिनिधिहरु, स्वयम्सेवक, संघ संस्थाका प्रतिनिधि, खेलकुद समिति, गुँला बाजा समूह, नगरबासीहरुलगायतको सहभागितामा भनपा वडा नं. ५ टौमढीबाट सुरु भएको सम्पदा पदयात्रा गोल्मढीको यातामा पुगी सम्पन्न भएको थियो ।

भक्तपुरको टौमढीबाट सुरु भएको सम्पदा पदयात्रा अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो), झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.