भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

डाक्टरलाई तलबबाहेक मासिक थप एक लाख भत्ता

डाक्टरलाई तलबबाहेक मासिक थप एक लाख भत्ता

जाजरकोट । भूकम्प प्रभावित जाजरकोटका अस्पतालमा काम गर्ने डाक्टरलाई प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ ।

जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक कर्णाली प्रदेश सरकारले सेवा करारमा राख्ने सूचना प्रकाशित गरेर को थियो ।

करारमा काम गर्न जाने डाक्टरहरूलाई एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ । स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको नेपाल मेड नेपाल नामक संस्थाले दुर्गम क्षेत्रमा काम गर्ने डाक्टरहरूका लागि यस्तो गर्न लागेको हो । दुर्गममा काम गर्न नरुचाउँने भएपछि सस्थाले थप रकमको आशा देखाएर काम गर्ने वातावरण गर्न पहल गरेको हो ।

जाजरकोट अस्पतालमा डाक्टर पठाउने व्यवस्था मिलाउन थप भत्ताको व्यवस्था मिलाउन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले संस्थासँग पहल गरेकी हुन् ।सांसद कार्की भूकम्पका बेला ३५ दिन जाजरकोट बसेर स्वास्थ्य उपचारमासमेत खटिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.