भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै

किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै

सङ्खुवासभा । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै गएको छ । नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत भएको छ ।

त्यस्तै हिमाली क्षेत्रमा उत्पादन हुने जडीबुटी तथा परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा प्रवेश पाउन थालेको छ । गएको जेठ १२ गते उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गर्नुभएको थियो ।

कोरोना महामारीका बेला चीन सरकारले २०७६ साल माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका सञ्चालनमा आएपछि भोटखोलाका ४३ जना व्यापारीले जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्री चिनियाँ बजारमा पठाउन थालेका छन् । भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो ।

भोटखोला गाउँपालिकाको वडा १, २ र ३ ले उत्तरी छिमेकी चीनको भाग छोएका छन् । त्यसक्षेत्रमा झन्डै पाँच हजार जनाको बसोबास छ । त्यस क्षेत्रका बासिन्दाले यसअघि सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए ।

बन्द नाका खुलेपछि रोजगारीको अवसर पनि खुलेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । सदरमुकाम खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी एक सय ६२ किलोमिटर छ । रासस

 


Thali Mobile Pvt.Ltd.