भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वाणिज्य विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

वाणिज्य विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

मुख्य बुँदा

वाणिज्य विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

खसीबजार आसपासका क्षेत्रमा विशेष निगरानी

कालोबजारी र अखाद्य वस्तु नियन्त्रणमा जोड

उपभोक्ता संरक्षण ऐनअनुसार निर्देशन र कारबाही

सबै फर्मलाई सुधारात्मक निर्देशन जारी

नियमित बजार अनुगमन कार्यक्रम जारी

काठमाडौँ, १ बैशाख । बजार अनुगमन तथा निरीक्षणलाई तीव्र बनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान तथा फर्ममा अनुगमन गरेको छ।

कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार रोकथाम तथा उपभोक्ताको अधिकार संरक्षणलाई लक्षित गर्दै विभागले सोमबार काठमाडौँ महानगरपालिका–१४ स्थित खसीबजार आसपासका क्षेत्रमा व्यापक अनुगमन गरेको हो।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन दिइएको तथा केही फर्महरूलाई सुधारात्मक कारबाही गरिएको विभागले जनाएको छ।

विभागले सबै अनुगमन गरिएका फर्महरूलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा गरिएको उक्त अनुगमन नियमित प्रक्रियाअन्तर्गत भइरहेको विभागले स्पष्ट पारेको छ।

 


Thali Mobile Pvt.Ltd.