भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान, सयौँको परीक्षण

पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान, सयौँको परीक्षण

पाल्पा, १ बैशाख । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा विशेष स्वास्थ्य शिविर राखिएको छ। अभियानका क्रममा वीरकोट स्वास्थ्य चौकीमा १८७ जना र सिलुवा स्वास्थ्य चौकीमा २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

परीक्षणका क्रममा वीरकोटमा ३४ जना र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका छन्। तीमध्ये चार जनामा क्षयरोग पुष्टि भई तत्काल उपचार सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल का अनुसार एआई प्रविधिले फोक्सोको एक्सरे तस्बिरलाई विशेष सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य एक्सरेमा देखिन नसक्ने सूक्ष्म समस्यासमेत पहिचान गर्न सक्षम हुन्छ। यस प्रविधिले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी पहिचान गर्न सहयोग पुग्ने उनले बताए।

अभियानका क्रममा भेटिएका शङ्कास्पद बिरामीहरूलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल मा रिफर गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.