भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान, सयौँको परीक्षण

पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान, सयौँको परीक्षण

पाल्पा, १ बैशाख । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा विशेष स्वास्थ्य शिविर राखिएको छ। अभियानका क्रममा वीरकोट स्वास्थ्य चौकीमा १८७ जना र सिलुवा स्वास्थ्य चौकीमा २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

परीक्षणका क्रममा वीरकोटमा ३४ जना र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका छन्। तीमध्ये चार जनामा क्षयरोग पुष्टि भई तत्काल उपचार सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल का अनुसार एआई प्रविधिले फोक्सोको एक्सरे तस्बिरलाई विशेष सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य एक्सरेमा देखिन नसक्ने सूक्ष्म समस्यासमेत पहिचान गर्न सक्षम हुन्छ। यस प्रविधिले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी पहिचान गर्न सहयोग पुग्ने उनले बताए।

अभियानका क्रममा भेटिएका शङ्कास्पद बिरामीहरूलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल मा रिफर गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.