भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

फेरि संसद विघटनको त्रासमा माओवादी

फेरि संसद विघटनको त्रासमा माओवादी

काठमाडौं । विगतमा जस्तै संसद विघटन हुनसक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आशंका व्यक्त गरेका छन् । अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमललाई सम्बोधन गर्दै अहिले देशलाई पछाडि फर्काउन खोज्ने षड्यन्त्र भइरहेको उनको जिकिर छ ।

उनले भने, ‘हामीले विगतमा पटक पटक संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई अर्को भुमरीतिर लैजाने प्रयासका विरुद्ध हामी लोकतन्त्रवादी वामपन्थीहरू मिलेर असफल पारेको हो, अस्ति भर्खरको इतिहास हो यो । अहिले पनि त्यो कोसिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न परिवर्तनको हिस्सेदारहरू, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएकाहरू सूचक हुनुपर्ने आवश्यकता छ ।

फेरि विगतको जस्तै संविधानलाई मिच्ने, संसद विघटन गर्ने कोसिस सफल नहोस् । देशलाई फेरि प्रतिगमनतिर लैजाने कोशिस हुनसक्ने भएकाले सर्तक हुनुपर्नेछ ।’ अराजकतवादीहरूले जनतामा फैलिँदो निराशालाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिक्रान्तितिर लैजाने प्रयास भइरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.