भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गौशाला चोकको भवनमा चल्यो महानगर डोजर

गौशाला चोकको भवनमा चल्यो महानगर डोजर

काठमाडौं । फुटपाथ मिचेर बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले धमाधम डोजर चलाएर भत्काउन थालेको छ । नगर प्रहरी बल र स्थानीयबीच गौशालामा तनाव भएको छ । गौशाला चोकस्थित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सडकमा उत्रिँदा तनाव भएको हो ।

अदालतको आदेशपछि माडवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला खाली गराउन र फुटपाथ मिचिएको संरचना भत्काउन नगर प्रहरी गौशाला पुगेको हो । अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको छ ।

काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले चलाउँदै आएको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको जमिनमा मोहियानी हक नलाग्ने फैसला गरिसकेको छ । महानगरको टोली मारवाडी सेवा समितिले ओगेटको त्यो संरचना खाली गराउन पुगेको छ । स्थानीय र माडवाडी समितिको अवरोधबीच महानगरले डोजर चलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.