भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ठूलो संख्यामा गाडी

वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ठूलो संख्यामा गाडी

काठमाडौं । सवारीसाधन जाँचपास नभएर वीरगञ्ज भन्सार कार्यालय भन्सार ‘यार्ड’ मा एक हजार दुई सयबढी गाडीहरु थन्किएका छन् । शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने अटोमोबिल व्यवसायीले बताएका छन् ।

कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयबढी इन्धनबाट चल्ने सवारीसाधन रहेको भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए । कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो ।

२०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या बढेर एक हजार दुई सय पुगेको छ । आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले बताए । भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले विस्तारै छुटाउने नीति लिँदै आएको उनको भनाइ छ ।

भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारीसाधनको जाँचपास हुने हो भने रु १० अर्ब राजस्व संकलन हुने देखिन्छ । रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका गाडीहरु छन् । अहिले विद्युतीय सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.