भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

एक सैनिक विष्फोटक पदार्थसहित पक्राउ

एक सैनिक विष्फोटक पदार्थसहित पक्राउ

काठमाडौं । नेपाली सेनाका अवकाश प्राप्त गोविन्द पुरी विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ४ का उनी दुईबर्ष अगाडी नेपाली सेनाबाट अवकाश पाएका हुन । ४५ बर्षिय पुरी ठूलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् ।

शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरु सार्ने क्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो । विष्फोटबाट घाइते पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।

उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको प्रहरी नायव उपरिक्षक हरी पौडेलले बताए । पुरीको घरबाट थप ठूलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताए । ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.