भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कार्यसम्पादनमा ललितपुर प्रथम, भक्तपुर सातौ, प्रभावकारी काम गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

कार्यसम्पादनमा ललितपुर प्रथम, भक्तपुर सातौ, प्रभावकारी काम गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

भक्तपुर । बागमती प्रदेश अन्तर्गतका जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । कार्यसम्पादन प्रगती समीक्षा गर्दा ललितपुर प्रथम भएको हो । गत आर्थिक वर्षको प्रगती समीक्षा गर्दा १३ वटै जिल्ला जनस्वास्थ्य कार्यालयलाई उछिन्दै जनस्वास्थ्य कार्यालय ललितपुर ७५ अंकसहित प्रथम भएको हो । छिमेकी जिल्ला ललितपुर प्रथम हुँदा भक्तपुरले भने सातौँ स्थानमा चित्त बुझाएको छ ।

मन्त्री किरण थापाको गृह जिल्ला रहेको भक्तपुरको स्वास्थ्य कार्यालयले ६७.१९ अंक प्राप्त गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । समीक्षा गोष्ठीको अन्तिम दिन बुधबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.भुवन पौडेललाई प्रशंशा पत्र प्रदान गरे ।

आगामी वर्षको कार्यसम्पादन मूल्यांकनमा भक्तपुर पहिलो बनाउने गरी मेहनत गर्न सम्बन्धित सरोकारवालाई मन्त्रीले घचघच्याएको स्वास्थ्य मन्त्री थापाको सचिवालयले जनाएको छ। यसका लागि आवश्यक निर्देशन गरिसकेको सचिवालयको दावी छ ।

सोमबारदेखि समीक्षा गोष्ठी गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले सो समीक्षामा बिभिन्न सूचक प्राप्त प्राप्ताङ्कका आधारमा जनस्वास्थ्य कार्यालय ललितपुर प्रथम, चितवन दोश्रो र मकवानपुर तेस्रो भएको जनाएको छ । त्यसैगरी काभ्रेपलाञ्चोक चौथो काठमाडौं पाचौं र धादिङ छैटौं भएका छन् ।

सबैभन्दा कमजोर कार्यसम्पादन गर्ने जिल्लामा रसुवा परेको छ । रसुवाले ६० अंक हासिल गरेको छ । समीक्षाबाट जनस्वास्थ्य कार्यालयको वास्तविक अवस्था पहिचान भएको स्वास्थ्य मन्त्री किरण थापाले बताएका छन् । अव सबै जनस्वास्थ्य कार्यालयले सुधारका कार्य अघि बढाउँन आवश्यक निर्देशन समेत दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.