भैरहवा मेडिकल कलेज परिसरमा बम भेटियो

भैरहवा मेडिकल कलेज परिसरमा बम भेटियो image

रुपन्देही । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल भैरहवामा कुकर बम फेला परेको छ ।

अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शङ्कास्पद बस्तुमा प्रेसर कुकर, घडी, तार र ब्याट्री जडान गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । थप विवरण आउन बाँकी छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda