भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

तापक्रम झ¥यो माइनसमा, सतर्क रहन आग्रह

तापक्रम झ¥यो माइनसमा, सतर्क रहन आग्रह

काठमाडौं । मुलुकका विभिन्न स्थानको तापक्रम माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले केही दिन अघिको तुलनामा आज न्यूनतम तापक्रम केही बढी भए पनि चार ठाउँको न्यूनतम तापक्रम भने माइनसमा रहेको जानकारी दिए । जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्यूनतम तापक्रम माइनसमा छ ।

आज साँझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस दुई दशमलव पाँच, जिरीको माइनस शून्य दशमलव सात र लुक्लाको माइनस एक डिग्री रहेको छ । यसअघि मङ्सिर २९ गते जुम्लाको तापक्रम माइनस सात दशमलव दुई डिग्रीसम्म झरेको थियो । सोही दिन काठमाडौँमा न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई डिग्रीमा झरेको थियो ।

तर आज भने काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सार्वजनिक विवरणअनुसार मङ्सिर अन्तिम साताभन्दा आज न्यूनतम तापक्रम केही माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ ।

आज वीरेन्द्रनगरको पाँच दशमलव छ, नेपालगञ्जको १० दशमलव दुई, भैरहवाको १०, पोखराको आठ, विराटनगरको १० दशमलव पाँच र ताप्लेजुङको न्यूनतम तापक्रम छ दशमलव पाँच छ । चिसो बढेकाले सतर्क रहन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.