भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तापक्रम झ¥यो माइनसमा, सतर्क रहन आग्रह

तापक्रम झ¥यो माइनसमा, सतर्क रहन आग्रह

काठमाडौं । मुलुकका विभिन्न स्थानको तापक्रम माइनसमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले केही दिन अघिको तुलनामा आज न्यूनतम तापक्रम केही बढी भए पनि चार ठाउँको न्यूनतम तापक्रम भने माइनसमा रहेको जानकारी दिए । जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्यूनतम तापक्रम माइनसमा छ ।

आज साँझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव पाँच डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस दुई दशमलव पाँच, जिरीको माइनस शून्य दशमलव सात र लुक्लाको माइनस एक डिग्री रहेको छ । यसअघि मङ्सिर २९ गते जुम्लाको तापक्रम माइनस सात दशमलव दुई डिग्रीसम्म झरेको थियो । सोही दिन काठमाडौँमा न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई डिग्रीमा झरेको थियो ।

तर आज भने काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सार्वजनिक विवरणअनुसार मङ्सिर अन्तिम साताभन्दा आज न्यूनतम तापक्रम केही माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ ।

आज वीरेन्द्रनगरको पाँच दशमलव छ, नेपालगञ्जको १० दशमलव दुई, भैरहवाको १०, पोखराको आठ, विराटनगरको १० दशमलव पाँच र ताप्लेजुङको न्यूनतम तापक्रम छ दशमलव पाँच छ । चिसो बढेकाले सतर्क रहन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.