भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घर भित्रको सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु

घर भित्रको सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु

दाङ । लमही नगरपालिका ९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन् । बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उहाँका नाति राजेन्द्र बोटेले बताए ।

मृतक वीर बहादुर बोटेको गोठबाट सल्किएको आगोले एक घर हुँदै भतिजा पर्ने हुकुम बहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले बताए ।

बिहिवार ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.