भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस सांसद दीपक खड्का लैनचौर बैंक्वेट सिल गर्ने निर्णय

कांग्रेस सांसद दीपक खड्का लैनचौर बैंक्वेट सिल गर्ने निर्णय

काठमाडौं । लैनचौरस्थित खड्का ल्यान्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट आज साँझबाट सिल गर्ने निर्णय गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित स्काउटको पूर्ण स्वामित्वमा रहेको भवनहरू अहिले सिल गर्ने काम भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

‘ विवाहको कार्यक्रम पहिले नै तय भएको हुनाले बैंक्वेट हलचाहिँ भोलि साँझसम्म चल्न दिन्छौँ ।’ उनले भने । बैंक्वेटमा प्रहरीको निगरानीमा राखिने प्रजिअ बस्नेतले बताए । नेपाली कांग्रेसका सांसद एवं पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले भाडा नतिरिकन भवन भाडामा लगाएर तथा बैंक्वेट पनि सञ्चालन गर्दै आएको थियो ।

स्काउटसँग गरेको सम्झौता सकिए पनि खड्का ल्याण्डले अवैध तरिकाले भोगचलन गरेपछि स्काउटका निर्देशक रामप्रसाद भट्टराईले खड्का ल्यान्डलाई हटाउन पहल गरिरहेको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.